मौरी पालनबाट स्वदेशमै मनग्य आम्दानी
पाेखरा | माघ १, २०७९
कावासोती: राम्रो आम्दानी दिन थालेपछि नवलपुरका युवाहरु व्यवसायिक मौरी पालनमा लागेका छन् । स्वदेशमा आर्थिक आयआर्जनको स्रोत नदेखेका युवा अहिले स्वदेशमै मनग्य आम्दानी हुँदा यसतर्फ आर्कषित भएका हुन् ।
देवचुली नगरपालिका–९ का चन्द्रबहादुर थापाको मौरी पालनबाट जिवन फेरिएको बताउनुहुन्छ । कम लगानिबाट पनि मनग्य आम्दानी भएपछि उहाँले मौरी पालनमा लागी परेको बताउनु भयो ।
खुसि हुँदै उहाँले भन्नुभयो, ‘‘पहिले मौरीपालनबाट के नै आम्दानी होला र जस्तो लागेको थियो तर, मौरीपालन गरेर यसबाट आम्दानी भएपछि मौरीपालन नै गर्ने र ब्लक क्षेत्र बनाउने बताउनु भयो ।
महको प्रयोग स्वाथ्यका लागि लाभदायक भएकाले जाडो मौसममा यसको माग बढ्दै गएको छ । नवलपुरका आठ स्थानीय तहमध्ये देवचुली नगरपालिकामा मौरीपालन गर्ने किसानको सङ्ख्या धेरै छ । देवचुलीका कतिपय किसान विगत २७ वर्षदेखि मौरीपालन व्यवसाय गर्दै आएका नेपाल मौरीपालन व्यवसाय समिति नवलपुरका अध्यक्ष यदु अध्यक्ष कँडेलले बताउनुहुन्छ ।
जिल्लाको गैडाकोट, देवचुली, कावासोतीका युवाहरुले कृषि पेशाअन्तर्गत मौरीपालनमा चासो दिन थालेका छन् । विदेशमा मात्र होइन स्वदेशमा पनि सजिलै पैसा कमाउन सकिन्छ भन्ने उदाहरण यहाका युवाले देखाएका छन् ।
चन्द्रबहादुर जस्तै यहाँका धेरै युवा मौरीपालन गर्ने र पकेट क्षेत्रसँगै ब्लक क्षेत्र बनाउने योजनामा छन् । कावासोती नगरपालिकाका अनन्त कंडेलले प्रदेशको अनुदानमा मह प्रशोधन केन्द्रनै स्थापना गरेका छन् । मौरीपालन गर्न युवाहरुले सामुदायिक वनसँग साझेदारी गरी घार व्यवस्थापन गर्ने गरेका छन् ।
नवलपुरमा मात्र वार्षिक ३० टन मह उत्पादन र खपत हुने गरेको छ । जिल्लामा उत्पादन भएको महको खपत राम्रो हुने हुँदा अहिले विशेष गरी युवाहरु मौरीपालनमा बढी आकर्षित भएको नेपाल मौरीपालन व्यवसाय समिति नवलपुरका अध्यक्ष कँडेलले बताउनुभयो । जिल्लामा अहिले झण्डै डेढ सय किसान मौरीपालन व्यवसायमा आबद्ध छन् । व्यावसायिकरूपमा बाहेक थोरै घार मौरी पाल्ने किसानको सङ्ख्यासमेत धेरै रहेको उहाको भनाइ छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

